आगामी शैक्षिक सत्रदेखि उच्च माध्यामिक तहमा जुनसुकै विषय लिएर पास गरेका विद्यार्थीले पनि स्नातक तहमा आमसञ्चार विषय पढ्न पाउने भएका छन् । अब उच्च माध्यामिक तहमा जुनसुकै संकाय र विषय (Humanities and Social Science, Science, Management, Education) लिएर पास गर्ने विद्यार्थीले पनि स्नातक तहमा आफुले चाहेको विषय छान्न पाउनेछन् ।
त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्राध्यापक पी खरेलले मानविकी तथा सामाजिक शास्त्र अन्तर्गतका भुगोल र संगीत विषयबाहेक अरु सबै विषय अन्तरसंकाय बनेको बताउनुभयो ।
आमसञ्चार प्रशिक्षक समाजद्वारा स्वागतः