Thursday, July 5, 2012

अब सबै विद्यार्थीले स्नातक तहमा आमसञ्चार पढ्न पाउने

आगामी शैक्षिक सत्रदेखि उच्च माध्यामिक तहमा जुनसुकै विषय लिएर पास गरेका विद्यार्थीले पनि स्नातक तहमा आमसञ्चार  विषय पढ्न पाउने भएका छन् । अब उच्च माध्यामिक तहमा जुनसुकै संकाय र विषय (Humanities and Social Science, Science, Management, Education) लिएर पास गर्ने विद्यार्थीले पनि स्नातक तहमा आफुले चाहेको विषय छान्न पाउनेछन् ।
त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्राध्यापक पी खरेलले मानविकी तथा सामाजिक शास्त्र अन्तर्गतका भुगोल र संगीत विषयबाहेक अरु सबै विषय अन्तरसंकाय बनेको बताउनुभयो । 
आमसञ्चार प्रशिक्षक समाजद्वारा स्वागतः
यो निर्णयको स्वागत गर्दै आमसञ्चार प्रशिक्षक समाजका अध्यक्ष घमराज लुइंटेलले समाजले स्थापना कालदेखि नै उठाएको माग त्रिभुवन विश्वविद्यालयले सुनुवाइ गरेकोमा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयोः "अब आमसञ्चार विषयमा अझ धेरै विद्यार्थीहरु आउन बाटो सहज बनेको छ ।"


यसअघि उच्च माध्यामिक तहमा आमसञ्चार तथा पत्रकारिता विषय लिएर पास गरेका विद्यार्थीले मात्र स्नातक पढ्न पाउने प्रावधानमा त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि परिवर्तन गरेको हो ।

No comments:

Post a Comment