Friday, June 29, 2012

पत्रकारिताको पाठ्यक्रम तत्काल परिमार्जन गर्न शिक्षकहरुको माग

आमसञ्चार प्रशिक्षक समाज, नेपालको प्रतिनिधिमण्डलले आज उच्च माध्यामिक शिक्षा परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्रलाई भेटी उच्च माध्यामिक तहमा आमसञ्चार तथा पत्रकारिता विषयको पाठ्यक्रम तत्काल परिमार्जन गर्न माग गरेको छ ।
उच्च माध्यामिक तहमा विगत १५ वर्षदेखि पत्रकारिता विषय अध्यापन शुरु भएपछि लागु भएको पाठ्यक्रममा कुनै परिमार्जन हुन सकेको छैन । यो बिचमा पत्रकारिता क्षेत्रले ठुलो फड्को मारेको भएतापनि यी परिवर्तनलाई पाठ्यक्रममा समावेश गर्न नसक्दा विद्यार्थीहरु पछाडि परेकोठहर गर्दै  समाजले परिमार्जनको माग गरेको हो ।