आमसञ्चार प्रशिक्षक समाज, नेपालको प्रतिनिधिमण्डलले आज उच्च माध्यामिक शिक्षा परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्रलाई भेटी उच्च माध्यामिक तहमा आमसञ्चार तथा पत्रकारिता विषयको पाठ्यक्रम तत्काल परिमार्जन गर्न माग गरेको छ ।
उच्च माध्यामिक तहमा विगत १५ वर्षदेखि पत्रकारिता विषय अध्यापन शुरु भएपछि लागु भएको पाठ्यक्रममा कुनै परिमार्जन हुन सकेको छैन । यो बिचमा पत्रकारिता क्षेत्रले ठुलो फड्को मारेको भएतापनि यी परिवर्तनलाई पाठ्यक्रममा समावेश गर्न नसक्दा विद्यार्थीहरु पछाडि परेकोठहर गर्दै समाजले परिमार्जनको माग गरेको हो ।
ज्ञापनपत्र बुझेपछि उपाध्यक्ष मिश्रले आफुले तत्काल त्यसतर्फ पहल गर्ने जानकारी दिनुभयो । उहाँले आगामी शैक्षिक सत्रदेखि नै लागु हुने गरी पाठ्यक्रम परिमार्जनका लागि आवश्यक कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपालमा उच्च माध्यामिक र विश्वविद्यालय तहमा पत्रकारिता अध्यापन गर्ने शिक्षकहरुको संस्था आमसञ्चार प्रशिक्षक समाजले पाठ्यक्रम परिमार्जनका लागि पहल गरेको हो । समाजका अध्यक्ष घमराज लुईंटेलले शिक्षाको गुणस्तर र शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि आफुहरुले पहल गर्ने र सोही क्रममा उच्च माध्यामिक शिक्षा परिषद्को ध्यानाकर्षण गरिएको बताउनुभयो ।
No comments:
Post a Comment